आइतबार तीन हजार ५ सय ४० जनामा कोरोना पुष्टि

काठमाडौंः आइतबार थप तीन हजार ५ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नौ हजार ९ सय १० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २ सय ३५ जनामा र दुई हजार ८ सय ८३ एन्टिजेन परीक्षण गर्दा ४ सय ९१ जना गरी कूल तीन हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म देशैभरि ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी यही माघ १३ देखि आइतवारसम्म संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । आइतबार मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको संख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।
परीक्षणबाट पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा
कोरोना परीक्षण गर्दा पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार हाल परीक्षणबाट पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको बताए ।
‘समुदायमा जति संक्रमण छ, त्यसअनुसार परीक्षण भएको छैन,’ उनले भने । यस्तै उनले हाल कोरोना परीक्षणका लागि आवश्यक किट थोरै भएको भए पनि अभाव भने नरहेको उनले बताए ।
उनले भने, ‘हाल परीक्षण किट थोरै छन् तर हामीले अभाव हुन भने दिएका छैनौं ।’ यस्तै उनले ६ लाख पिसिआर किट खरिद गरिएको र हाल देशभर २ लाख १० हजार एन्टिजेन परीक्षण किट रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार